चक्की प्रयोग गरे पछि

चिकित्षकिय गर्भपतनको निम्ति त्यहाँ दुई विकल्पहरु छन्। दुवै तरिकाहरु प्रभावकारी छन्:

गर्भपाती चक्की प्रयोग गरेपछि तपाईँ कस्तो अनुभव गर्नु हुन्छ?
सावधान हुनुहोस्:
After Use Pills

गर्भपाती चक्की प्रयोग गरेपछि तपाईँ कस्तो अनुभव गर्नु हुन्छ?

मिफेप्रिस्टोन प्रयोग गरे पछि:

मिफेप्रिस्टोन खाए पछि हल्का रगत बगेको देख्न सक्नु हुने छ। यो सामान्य कुरा हो तर तपाईँले रगत बगे पनि नबगे पनि सबै चरण पुरा गर्नु पर्छ।

मिसोप्रोस्टोल चक्की प्रयोग गरे पछि:

उमठ्ने र रगत बग्ने मुख्य असर हुन्। यी लक्षण उपयोगी हुन्छन् किनभने तिनले औषधीले काम गरि रहेको देखाउँछन्। तर तपाईँलाई कति उमठ्छ र कति रगत बग्छ?

कसैलाई बेसरी उमठ्छ, महिनावारीमा पनि उमठ्थ्यो भने त्यस भन्दा धेरै दुख्ने कडा उमठाइ

कसैलाई महिनावारीमा भन्दा धेरै रगत बग्छ। मिसोप्रोस्टोल लिएको केही घण्टा भित्र रगतका फाल्सा निस्कनु पनि सामान्य कुरा हो। गर्भको अवधि अनुसार फाल्साको आकार ठुलो वा सानो हुन्छ।

कसैलाई भने हल्का उमठ्ने र महिनावारीमा जस्तैसामान्य रगत बग्ने हुन्छ।

नियमित महिनावारीमा भन्दा बढी उमठ्यो र बढी रगत बग्यो भने नआत्तिनु होस्।

नराम्ररी उमठ्यो भने दुखाइ घटाउन आइब्युप्रोफन राम्रो औषधी हो। धेरै मुलुकमा २०० mg शक्तिको आइब्युप्रोफन डाक्टरको सिफारिस बिनै किन्न पाइन्छ। हरेक ६ देखि ८ घण्टामा ३ देखि ४ ओटा (२०० mg का) चक्की लिनुहोस्। यसले तपाईँको दुखाइ घटाउँछ।

तपाईँ मन लागेको खान र पिउन सक्नुहुन्छ।

बिसेक अनुभव नभए सम्म आरामदायी ठाउँमा रहने कोसिस गर्नुहोस्।

धेरैजसो महिलाहरु २४ घण्टा भित्र बिसेक भएको अनुभव गर्छन्।

नोट:

तपाईंको गर्भपतनको 3 देखि 4 हप्तापछि, तपाईंको शरीरमा लामो समयसम्म हर्मोनहरूको कारणले गर्दा गर्भावस्था परीक्षण अझै सकारात्मक हुनेछ। कहिलेकाहिँ गर्भावस्था परीक्षण 6 हप्तासम्म सकारात्मक रहन सक्दछ। यदि तपाईंले चक्कीहरू प्रयोग गरिसकेपछि पनि गर्भावस्थाका लक्षणहरू जस्तै, स्तन कोमलता, वाकवाकी, थकान, आदि महसुस गरिरहनुभएको छ भने, गर्भपतन सफल भएको छ कि छैन भनेर जाँच गर्नको लागि अल्ट्रासाउन्ड गर्नुहोस्।

सावधान हुनुहोस्:

गर्भ फाल्दा माथि उल्लेख गरेका लक्षण सामान्य हुन्। सावधान हुनुहोस्। तलका केही सङ्केतले तपाईँको स्थिति जटिल बन्न सक्ने खतरा देखाउँछन्।

धेरै मात्रामा रक्तस्राव:

गर्भ निस्के पछि २ घण्टा सम्म प्रति घण्टा सामान्य खालका २ ओटा टाला भिजेका छन् भने ज्यादै धेरै रक्तस्राव हो।यति धेरै रगत बग्यो भने तपाईँले चिकित्सकको सहयोग लिनु पर्छ। भिज्नु भनेको ठुलो टालो कहीँ ओभानो नरहेर पुरै भिज्नु हो।

कडा दुखाइ:

आइब्युप्रोफन लिँदा पनि सुधार नहुने गरी साह्रै दुख्यो भने चिकित्सकको सहयोग खोज्नुहोस्। यस्तो तीव्र दुखाइले तपाईँमा गर्भ सम्बन्धी जटिलता भएको सङ्केत गर्छ। आइब्युप्रोफनले पनि कम गर्न नसकेको दुखाइ खतराको सङ्केत हुन सक्छ। हामी दुखाइबाट पीडित गर्भवती महिलालाई चिकित्सकको सहयोग लिन सल्लाह दिन्छौँ।

साह्रै अस्वस्थ अनुभव गर्नुभयो?

मिसोप्रोस्टोल लिएको दिन तपाईँलाई ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने हुन सक्छ। यस्तो हुनु सामान्य हो। गर्भपाती चक्की प्रयोग गरेपछि तपाईँले प्रतिदिन सुधार अनुभव गर्नु पर्छ, अस्वस्थता होइन। गर्भपाती चक्की प्रयोग गरेपछि आफू अझ अस्वस्थ भएको अनुभव भयो भने तपाईँले चिकित्सकको सहयोग लिनु पर्छ।

लेखकहरू:

  • यो वेब्साइट्मा दिएका सबै जानकारीहरु HowToUseAbortionPill.org का टोलीद्वारा नेशनल गर्भपात महासंघ, आईपास, विश्व स्वास्थ्य संगठन, डी. के. टी ईन्टरनेशनल र क्याराफेम मर्फत दिएका मापदण्ड र प्रोटोकोलको अधारमा लेखिएको हो ।
  • राष्ट्रिय गर्भपात महासंघ (एन.ए.एफ) उत्तरी अमेरिकामा गर्भपतन प्रदायकहरूको पेशेवर संघ हो, र यसले समर्थक विकल्प आन्दोलनमा नेतृत्व लेरहेको छ। HowToUseAbortionPill.org मा दिएका जानकारीहरु 2020 क्लिनिकल नीति दिशानिर्देश अधरित NAF द्वारा जारी गरिएको छ।
  • आइपस एक मात्र येस्तो अन्तर्राष्ट्रिय संस्था हो जो गर्भपतन र गर्भनिरोधक गर्नेहरुको सुरक्षाको हितमा केंद्रित छ । HowToUseAbortionPill.org मा दिएका जानकारीहरु क्लीनिकल अपडेट प्रजनन स्वास्थ्य 2019 मा Ipas द्वारा जारी गरियो ।
  • विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ) संयुक्त राष्ट्र संघको एक विशेष एजेन्सी हो जुन अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यको लागि जिम्मेवार छ । HowToUseAbortionPill.org मा दिएका जानकारीहरु २०१२ सुरक्षित गर्भपतन: स्वास्थ्य प्रणालिहरूको लागि प्राविधिक र नीति निर्देशन WHO द्वारा जारी गरिएको हो ।
  • डि. के. टि एक पंजीकृत यस्तो संस्था हो जस्ले निसुल्क सेवा दिरहेको छ । यो संस्था 1989 परिवार ब्यबहार, एचआईभी /एड्स रोकथाम र सुरक्षित गर्भपतनको सबैभन्दा ठूलो आवश्यकता भएका केहि ठूला देशहरूमा सामाजिक मार्केटिंगको शक्ति केन्द्रित गर्नको लगि स्थापना गरिएको हो ।
  • क्याराफेम क्लिनिक सुबिधाजनक येस्तो व्यावसायिक गर्भपतन हेरचाह नेटवर्क हो जहा मानिसहरूले परिवार योजना प्रदान गर्दछ ।

सन्दर्भ:

HowToUseAbortionPill.org एक दर्ता गरिएको यू.एस आधारित 501 सी (3 )गैर नाफा संगठनसंग सम्बद्ध छ।
HowToUseAbortionPill.org ले जानकारी को उद्देश्य को लागी मात्र सामग्री प्रदान गर्दछ र चिकित्सा संगठनसँग सम्बद्ध हुँदैन।

Women First Digital द्वारा संचालित